मुख्य समाचार
विपद जोखिमलाई मध्यनजर गर्दै, महाबु गाँउपालिका भित्रका सबै वडामा खुला क्षेत्र, महत्वपूर्ण आधारित संरचना र स्रोतहरूको पहिचान तथा नक्सांकन अन्तरक्रिया कार्यक्रम !!
विपद जोखिमलाई मध्यनजर गर्दै, महाबु गाँउपालिका भित्रका सबै वडामा खुला क्षेत्र, महत्वपूर्ण आधारित संरचना र स्रोतहरूको पहिचान तथा नक्सांकन गर्ने काम शुरु भएको छ । महाबु गाँउपालिकाको विपद कार्ययोजना (DRRM Action Plan) अनुरुप @IOM Nepal आइओएम (यूएन माईग्रेसन) र @USAID Nepal यूएसएआइड-नेपाल को सहयोगमा संचालित सिकाई परियोजनाको सहयोगमा महाबु गाँउपालिकाका सबै वडा अध्यक्ष, का. सदस्य, शिक्षक, बिषयगत शाखा प्रमुख र पालिकाका प्रतिनिधि को सहभागितामा सबै वडामा रहेका खुला क्षेत्र, महत्वपूर्ण आधारित संरचना र स्रोतहरूको नक्सांकन गरिएको छ । आज नक्साँकन गरिएका क्षेत्रहरुलाई प्रमाणिकरण पश्चात नेपाल राष्टिय विपद जोखिम न्यूनिकरण प्राधिकरणको विपद (BIPAD) पोर्टलमा समाहित गरिनेछ ।
नक्साँकन कार्यक्रमको उद्दघाटन महाबु गाउपालिकाको कार्यबाहक अध्यक्ष मञु कुमारि शर्मा (पाण्डे) ज्यूले गर्नु भएको थियो भने समापन पालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले गर्नु भएको थियो । विपद ब्यवस्थापन, जलवायु उत्थानशिल कार्यक्रमलाई पालिकाले निकै गम्भिरतापुर्वक लिएको र यसको लागि पालिका स्तरमा समेत विविध क्रियाकलाप संचालन गर्न पालिकाले नै पहल गर्ने कार्यबाहक अध्यक्ष मञु कुमारि शर्मा (पाण्डे) ले प्रतिवद्धता जनाउनु भएको थियो ।