FAQs Complain Problems

मुख्य समाचार

संक्षिप्त परिचय

महाबु गाउँपालिका कर्णाली प्रदेश दैलेख जिल्लाको उत्तरमा कालीकोट जिल्लासंग जोडिएको पहाडी गाउँपालिका हो । यो गाउँपालिकाको नाम महाबु रहनाको कारण यस ठाउँमा सवैभन्दा ठुलो देवता शिवको अवतारका रुपमा श्री महावै देवताको उत्पति महाबु गाउँपालिका वार्ड नं. ५ वडावनमा भएको र त्यसको अवतार महाबु गाउँपालिकाका वडा नं. ६ स्थीत दैलेखको सवैभन्दा अग्लो ४१६८ मिटर महाबु लेकमा भएको हुँदा यस गाउँपालिकाका जनताहरुको साझा सहमतिले महावु गाउँपालिका नामाकरण गरिएको हो । 
भौगोलिक अवस्थिति
    महाबु गाउँपालिका कर्णाली प्रदेश, दैलेख जिल्लाका ११ वटा स्थानीय तह मध्ये महाभारत पर्वत श्रृंखलाको उत्तरमा अवस्थित एक दुर्गम पहाडी गाउँपालिका हो । यो गाउँपालिकाका कर्णाली प्रदेशको राजधानीे विरेन्द्रनगर सुर्खेत देखि ९० कि.मि. र दैलेख सदरमुकाम देखि २२ कि.मि. उत्तरमा अवस्थित छ । यस महावु गाउँपालिकाको पूर्वमा नारायण नगरपलिका, पश्चिममा छामघाट खोला उत्तरमा कालिकोट जिल्लाको सिमाना, दक्षिणमा भैरवी गाउँपालिका र नारायण नगरपालिका पर्दछ । दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरु मध्ये आर्थिक दृष्टिकोणले विपन्न प्राकृतिक धार्मिक, ऐतिहासिक दृष्टिकोणले सम्बृद्ध छ । राजनीतिक रुपमा दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पर्ने यस गाउँपालिकाको केन्द्र वडा नं ४ गैडाबाजमा रहेको छ । यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ । महावु गाउँपालिकाको भौगोलिक अवस्थिति यस प्रकार छ । 
क) अक्षांश २८०५७’ उत्तर देखि उत्तर 
ख) देशान्तर ८१०४२’ पूर्वि देशान्तर सम्म 
ग) समुन्द्र सतहदेखि उचाई न्युनतम ताराघाट छामघाटको अधिकतम उचाई ६३० मिटर र महाबु लेक – ४१६८ उचाईमा रहेको । 
घ) धरातल ः
पहाडी क्षेत्र ७०%
उच्च पहाडी क्षेत्र ३०%
ङ) कुल क्षेत्रफल – ११०.८० वर्ग किलोमिटर 
च) जनसंख्या –१८०५९ (२०७८ को जनगणना अनुसार )
छ) जनसंख्या –२२,२४८ ( महाबु गाउँपालिका को पश्र्वचित्र तयार पार्दा गरिएको सर्वेक्षण अनुसार ) 

नयाँ संरचना अनुसार महाबु गाउँपालिकाको वडागत विभाजन 

वडा नं 

साविक गा.वि.स.

साविकका गा.वि.स.

  तथा वडाहरु

   घरधुरी संख्या         जनसंख्या २०७८      क्षेत्रफल वर्ग कि.मी.   
खरिगैरा १ देखि ७ ७८४ २५७५ १३.३६
वडाखोला १ देखि ९ ६७९ २५९३ ११.५९
बाँसी १ देखि ९ ८०६ ३८७० १३.८
गैडाबाज/रानिवन ५ देखि ९ ५८३ २७३९ १२.८८
काँशिकाध २,४,६,७ र ९ ५१५ २६१८ २२.५९
रानिवन /टाकुरी काँशिकाध १,३,५ र रानिवन १,४ ६०१ ३३६४ ३६.५८

भौगोलिक र राजनीतिक विभाजन 
प्रदेश ः-कर्णाली                       जिल्लाः- दैलेख                 निर्वाचन क्षेत्र नं.ः- १
प्रदेश निर्वाचन क्षेत्र नं. ः- १  (क)            वडाहरुः ६